Rule 6A
अन्तशुल्क अधिकृतले अन्तशुल्क निर्धारण गर्न सक्ने
(१) ऐनको दफा १०घ. को उपदफा (१) बमोजिम अन्तशुल्क अधिकृतले अन्तशुल्क निर्धारण गर्दा अनुसूची–४क. बमोजिमको ढाँचामा अन्तशुल्क निर्धारण आदेश जारी गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जारी भएको आदेशका सम्बन्धमा ऐनको दफा १०घ.को उपदफा (२) बमोजिमको म्यादभित्र पेश भएका प्रमाण तथा लिएका जिकिरको छानविन गरी अन्तशुल्क अधिकृतले अनुसूची ४ख. बमोजिमको अन्तिम अन्तशुल्क निर्धारण आदेशजारी गर्नु पर्नेछ । त्यस्तो आदेशमा अन्तशुल्क निर्धारण आदेश जारी भएको मितिसम्मको ऐनको दफा ४ख. को उपदफा (२) बमोजिम लाग्ने विलम्ब दस्तुर समेत समावेश गर्नुपर्नेछ ।
(३) उपनियम (२) बमोजिम जारी भएको अन्तशुल्क निर्धारण आदेश बमोजिमको अन्तशुल्क, विलम्ब दस्तुर तथा जरिवाना रकम सम्बन्धित व्यक्तिले त्यस्तो आदेश प्राप्त गरेको मितिले सात दिनभित्र सम्बन्धित कार्यालयमा दाखिला गर्नुपर्नेछ ।